चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनमा सत्ता गठबन्धनका उम्मेदवारहरु विजयी भए विकास कोइरालामाथि गरिएको कारबाही फिर्ता हुने बताउनुभएको छ ।
विज्ञापन १
चितवनको भरतपुरमा शनिबार आयोजित सत्ता गठबन्धनको चुनाबी भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचन जिताएको भोलिपल्टै कोइरालामाथि गरिएको कारबाही फिर्ता हुने बताउनुभएको हो ।
विज्ञापन २
गठबन्धनको चुनाबी सभा सञ्चालन हुँदैगर्दा कोइरालाको कारवाही फिर्ता हुनुपर्ने मागसहित जुलुश प्रदर्शन भएको थियो । जुलुशप्रति सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चुनाब जिताएको भोलिपल्टै कारवाही फिर्ता हुने आश्वासन दिनुभयो ।
विज्ञापन ३
२०७० सालको संविधानसभा निर्वाचनमा कोइराला तत्कालिन पार्टी सभापति सुशील कोइरालाविरुद्ध ‘बागी’ उम्मेदवार बन्नुभएको थियो । पार्टी सभापतिविरुद्ध ‘बागी’ उम्मेदवारी दिएपछि कोइरालालाई कांग्रेसले कारबाही गरेको थियो ।