चितवन । नेकपा (एमाले)बाट चितवन ३(ख) का प्रदेशसभा उम्मेदवार सरस्वती बिष्टले आफ्नो निर्वाचन क्षेत्रका सुकुम्बासी बस्तीमा घरदैलो गर्नुभएको छ ।
विज्ञापन १
चुनाबी प्रतिबद्धता पत्रसहित शनिवार माडीको राईडाँडा र परुईका सुकुम्बासी बस्तीहरुमा पुग्नुभएका उम्मेदवार बिष्टले भूमिहीन सुकुम्बासीहरुलाई लालपुर्जा दिलाएर रोजगारको व्यबस्था गर्ने, जनताको सुरक्षाको लागि रिउ र राप्ती नदीमा करिडोर निर्माण, कृषिमा आत्मनिर्भरको व्यवस्था तथा शिक्षा र स्वास्थ्यमा स्तरोन्नति गर्ने बताउनुभयो ।
विज्ञापन २
घरदैलोका क्रममा महिलाहरुको अपमान गरी अगाडि बढाउन नचाहने प्रवृत्तिप्रति सचेत रहनुपर्ने भन्दै बिष्टले एमालेको नेतृत्वको सरकारको पालामा नै माडीका सुकुम्वासीहरुलाई व्यवस्थित गर्ने काम अगाडि बढेको जिकिर गर्नुभएको थियो ।
विज्ञापन ३