माडी, चितवन । प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार तारा पौडेलले डा. भोजराज अधिकारीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाउनुभएको छ ।
पश्चिम चितवन निवासी काँग्रेस नेता पौडेल ठोरी-केरुङ लोकमार्ग निर्माणका मुख्य अभियन्ता एवं समृद्ध चितवनका अभियानकर्मी हुनुहुन्छ । उहाँलाई निर्वाचन अधिकृतको कार्यालय, चितवन ३ ले पुतली चुनाब चिन्ह दिएको थियो ।
आफूद्वारा अगाडि सारिएका ठोरी-केरुङ लोकमार्ग लगायत शिक्षा, स्वास्थ्य र समृद्धिको एजेण्डा डा. अधिकारीले समेट्नुभएको भन्दै पौडेलले डा. अधिकारीलाई समर्थन गरी आफ्नो उम्मेदवारी निष्क्रिय बनाउनुभएको हो ।
उम्मेदवारी निश्क्रिय पारेसंगै पौडेलले आफ्ना शुभचिन्तक एवं मतदाताहरुलाई डा. अधिकारीलाई विजयी गराउन अनुरोध पनि गर्नुभएको छ ।