आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

देश-प्रदेश खबर पोष्ट

‘माडीको विकास र समृद्धिको निश्चितताका लागि गठबन्धनलाई मतदान’ : प्रदेश सभा उम्मेदवार ढकाल

  • A
  • A+
  • A++

चितवन । प्रदेश सभातर्फ चितवन ३(ख) का उम्मेदवार ठाकुर प्रसाद ढकालले माडीको विकास र समृद्धिको निश्चितताका लागि गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

विज्ञापन १

माडीका भित्री गाउँहरुमा घरदैलो गर्दै माडीका पूर्व नगरप्रमुख समेत रहनुभएका ढकालले स्थानीयका गुनासा र समस्या सुन्दै निर्वाचन पछि क्रमशः पुरा गर्ने प्रतिबद्धता व्यक्त समेत गर्नुभयो ।

विज्ञापन २

माडीका ठाडा खोलाले दिने समस्या, निकुञ्ज ऐन सिर्जित समस्या, सुकुम्बासी समस्या तथा थारू समुदायमा राज्यको समान पहुँच र रोजगारी लगायत शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि आफ्नो उम्मेदवारी रहेको उहाँको भनाई थियो ।

विज्ञापन ३

निर्वाचन पछि संघ र प्रदेशमा गठबन्धनकै सरकार बन्ने निश्चित रहेको दाबी गर्दै ढकालले माडीको विकास र समृद्धिको कडी जोड्न पनि गठबन्धनकै उम्मेदवारले जित्नु जरुरी रहेको जिकिर गर्नुभयो ।

तपाईको प्रतिक्रिया