चितवन । चितवन-३ का स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले निकुञ्ज ऐन शंसोधनका लागि संसदभित्र अनसन बस्ने बताउनुभएको छ ।
नेकपा एमाले माडी नगर कमिटिले माडीको बसन्तपुरमा आयोजना गरेको चुनावी कोणसभामा बोल्दै नेता कोइरालाले यस्तो बताउनुभएको हो ।
परिवर्तनका लागि भन्दै लाखौं जनता मारेर संसद छिरेकाहरुले माडीलाई आकाशे पुल र सुरुङ्गमार्गको सपना देखाएर अहिलेसम्म निकुञ्ज ऐन संसोधन गर्न नसकेको बताउँदै उहाँले अब आफूले संसदभित्र अनसन बसेर ऐन शंसोधन गर्ने बताउनुभयो ।
नेकपा एमालेको समर्थन पाउनुभएका नेपाली काँग्रेसका बागी उम्मेदवार रहनुभएका कोइरालाले चुनाव हार्ने स्थिति देखेरै प्रचण्ड चितवन ३ छाडेर गोरखा भागेको आरोप पनि लगाउनुभयो । त्यस्तै, भूमिहीनहरूको समस्या निवारण , भ्रष्टाचारीलाई कारवाही र जंगली जनावरको समस्या हटाउन पनि लागिपर्ने उहाँको भनाई थियो ।