मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

प्रचण्डको गृहजिल्ला चितवनमा एमाले अध्यक्ष ओलीद्वारा प्रचण्डको कडा आलोचना

  • A
  • A+
  • A++

चितवन । प्रचण्डको गृहजिल्ला चितवनको भरतपुरमा बोल्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको कडा आलोचना गर्नुभएको छ ।

विज्ञापन १

चितवनमा सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘प्रचण्डले धाकधक्कु लगाई चितवनमा घर बनाएपनि गोरखामा बास बसेको’ कटाक्ष गर्नुभयो । प्रचण्डले आफ्नो घर बनाउन बाहेक केही नजानेको तथा प्रचण्ड नक्कली र डेट एक्पायर औषधि रहेको ओलीको टिप्पणी थियो ।

विज्ञापन २

त्यस्तै, प्रचण्ड परिवारको घेरा भन्दा बाहिर जान नसकेको बताउँदै छोरी, बुहारी, भाईको, भतिजाका लागि, अर्को आफन्तका लागि राजनीति गरेको पनि ओलीको आरोप थियो ।

विज्ञापन ३

प्रचण्डले राम, सीता र लक्ष्मणसँग दुष्मनी गरेको बताउँदै ओलीले एमालेसँग दुष्मनी गर्ने पनि सकिने तथा राम, सीता र लक्ष्मणसँग दुष्मनी गर्ने पनि सकिने अभिव्यक्ति दिनुभएको थियो ।

त्यसैगरी, गठबन्धनका दलहरुले जनता ढाँट्नका लागि घोषणापत्र जारी गरेको पनि उहाँको दाबी थियो । गठबन्धनका दलहरु आफ्ना, आफ्ना घोषणापत्रमा चलेकोले ढाँट्ने बाटो मात्र भएको उहाँको टिप्पणी थियो ।

तपाईको प्रतिक्रिया