चितवन । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको चितवन जिल्ला समितिका अधिकांश सदस्यहरू माओवादी केन्द्रमा समाहित भएको छ ।
विज्ञापन १
जसपाका केन्द्रीय सदस्य लोकबहादुर गुरुङ, चितवन जिल्ला अध्यक्ष प्रेम भुजेलसहित जिल्ला कमिटीका अधिकांश सदस्यहरू नेकपा माओवादी केन्द्रमा समाहित भएको जनाइएको हो ।
विज्ञापन २
समाहित हुनेमा गुरुङ र भुजेलसहित जसपाका प्रदेश सदस्य विमला मगर, भरतपुर महानगर अध्यक्ष मानस लामा, महिला अध्यक्ष सृजना श्रेष्ठ, विद्यार्थी अध्यक्ष अशोक गुरुङ, कोषाध्यक्ष मनोज पोखरेल, उपाध्यक्ष केशकुमारी गुरुङ, सहसचिव लक्ष्मि गुरुङ, युवा अध्यक्ष विक्रम गुरुङ लगायत रहनुभएको जनाइएको छ ।
विज्ञापन ३