माडी (स्थानीय) खबर पोष्ट

बृद्धभत्ताको चेक साट्न बैंकमा पुग्न नसक्नेलाई घरघरमै भत्ता पुर्याउँदै वडाध्यक्ष बानियाँ

चितवन । बैंकमा पुगी चेक साटेर बृद्धभत्ता बुझ्न गाह्रो हुने बृद्धबृद्धाहरुलाई माडी ७ का वडाध्यक्ष चन्द्रा बानियाँले घरघरमै पुगी भत्ता रकम उपलब्ध गराउन सहजिकरण गर्नुभएको छ ।

वडाध्यक्ष बानियाँले बैंकका कर्मचारीहरु सहित लाभग्राहीहरुको घरघरमै पुगी बृद्धबृद्धा एवं अशक्तहरुलाई भत्ता बाँड्न सहजिकरण गर्ने गर्नुभएको हो । माडीका अन्य वडाध्यक्षहरु पनि भत्ता वितरणमा सहजिकरण गर्ने गरेका छन् ।

संघीय सरकारको केन्द्रीय पञ्जीकरण विभागले देशभरका स्थानीय निकायहरुमार्फत ज्येष्ठ नागरिक, एकल महिला, अपांग, दलित र लोपोन्मुख समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार