देश-प्रदेश खबर पोष्ट

पैसा खाएर निर्वाचन क्षेत्र बदलेको आरोप प्रमाणित गर्न रा.स्व.पा. सभापति लामिछानेको चुनौति

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रबि लामिछानेले पैसा खाएर निर्वाचन क्षेत्र बदलेको आरोप प्रमाणित गर्न चुनौति दिनुभएको छ ।

माडीको बसन्तपुरमा सम्पन्न चुनाबी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू पैसालाई लात हानेर निक्लिएको मान्छे रहेको बताउनुभयो ।

‘आजसम्म कसैको ल्वाङ पनि नखाएको तर करोड खाएको कुरा आएको’ भन्दै उहाँले त्यसलाई पुष्टी गर्न चुनौती दिनुभएको हो । उहाँलाई चितवन-३ का राप्रपा उम्मेदवार बिक्रम पाण्डेसंग २ करोड रूपैंया लिएर निर्वाचन क्षेत्र बदलेको आरोप लागेको थियो ।

मन्तव्यका क्रममा लामिछानेले पुराना दलहरुलाई बिश्राम दिन वा प्रतिपक्षमा राख्न पनि मतदाताहरुलाई अनुरोध गर्नुभयो । राजनैतिक दलहरुले गरेको योगदानको अवमुल्यन नगरेको भन्दै उहाँले पार्टी नबदली मत मात्रै नबदल्न अनुरोध गर्नुभयो । आफूहरुले कसैसंग तालमेल नगर्ने र मत पनि नसाट्ने उहाँको भनाई थियो ।

आफ्नो पार्टीले देशभर सबैभन्दा धेरै महिला उम्मेदवार उठाएको भन्दै उहाँले चितवन ३ मा भ्रष्टाचार बिरोधी अभियन जिता बराल सशक्त महिला उम्मेदवार रहेको पनि दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार