मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

चितवन ३ र प्रदेश सभा ३(क) र (ख) को मतगणना कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा हुने

  • A
  • A+
  • A++

चितवन । चितवन निर्वाचन क्षेत्र नं. ३ र यस अन्तरगतका दुईवटै प्रदेश सभा निर्वाचनको मतगणना कृषि तथा वन विज्ञान विश्वविद्यालयको परिसर रामपुरमा हुने भएको छ ।

विज्ञापन १

निर्वाचन अधिकृतको कार्यालय चितवन क्षेत्र नं. ३ ले शुक्रबार एक वक्तव्य प्रकाशित गर्दै रामपुरस्थित सो विश्वविद्यालयको भवनभित्र मतगणना हुने जनाएको हो । चितवन-३ मा भरतपुर महानगरका १९ वडा र माडी नगरपालिका पर्छ । क्षेत्र नम्बर ३ मा १ लाख ४४ हजार २ सय ८३ मतदाता रहेका छन् ।

विज्ञापन २

यसैबिच, चितवन ३ अन्तरगत माडी नगर क्षेत्रमा हनुमानझुलाको १ सहित १६ वटा मतदानस्थलमा ३३ वटा मतदान केन्द्र रहेका छन् । निर्वाचनको दिन माडी क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको २ २ वटा पेट्रोलिङ भ्यानले सुरक्षा दिने र हरेक बुथमा पर्याप्त सुरक्षाकर्मी खटाउने व्यवस्थापन गरिएको माडी प्रहरीले जनाएको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया