चितवन । प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अघिल्लो दिन चितवनको शहरी क्षेत्रका विभिन्न स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ ।
विज्ञापन १
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था चोकमा प्रेसर कुकरमा शङ्कास्पद वस्तु भेटिएको हो । यस्तै भरतपुर-१६ वडा कार्यालय नजिकै सिलिण्डरमा आगो लगाएर छाडेको पाइएको कार्यालयले जनायो ।
विज्ञापन २
आगो लगाई छाडिएको सिलिण्डरलाई सुरक्षित स्थानमा राखिएको र संकाश्पद बस्तुहरुलाई बिहान ३ः३० बजे नै निस्क्रिय पारिएको कार्यालयले जनाएको छ । निर्वाचनको समयमा त्रास फैलाउन निर्वाचन विरोधी गतिविधि गर्ने समूहले राखेको हुनसक्ने कार्यालयको अनुमान छ ।
विज्ञापन ३