देश-प्रदेश खबर पोष्ट

चितवनका सबै मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान

चितवन । चितवनका सबै मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान भएको छ ।

चितवनमा रहेका तीनवटै निर्वाचन क्षेत्रको मतगणना स्थलमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

चितवन क्षेत्र नं १ को मतगणना खैहरनी मा.वि.मा, क्षेत्र नं २ को चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा र क्षेत्र नं. ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा गर्ने तयारी रहेको छ । अन्य जिल्लाहरुमा पनि मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सि.सी.टि.भी. क्यामेरा जडान भएका छन् । (फाइल फोटो)

तपाईको प्रतिक्रिया

ताजा समाचार