यसपटक आफैलाई मत हाल्न नपाउने प्रचण्डले गृहजिल्ला चितवनमा मतदान

151
SwadeshPost

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन ३मा मतदान गर्नुभएको छ । चितवन निवासी उहाँले गोर्खा २ मा आफैलाई भने यसपटक मत हाल्न पाउनुहुनेछैन ।

चितवनको भरतपुर १४ स्थित राष्ट्रिय आधारभूत माविको मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले गठबन्धनले बहुमत ल्याउने र बहुमतको सरकार बनाउने दाबी गर्नुभयो ।

पत्रकारको प्रश्नमा अहिले प्रधानमन्त्रीको टुंगो लागिनसकेको र प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने बताउनुभयो । निर्वाचन स्वच्छ र धाँधलीरहित हुने भन्दै उहाँले सबै मतदातालाई मतदानमा भाग लिन आग्रह पनि गर्नुभयो ।

SwadeshPost