चितवन । चितवन क्षेत्र नं. ३ को मतगणना जारी रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बिक्रम पाण्डेको अग्रता निरन्तर कायम रहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार पाण्डेले ४७७० मत ल्याउनुभएको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई पछि पार्दै दोश्रो स्थानमा रहनुभएको छ । बरालले ३९७७ मत ल्याउँदा डा. अधिकारीले ३८२५ मत ल्याउनुभएको छ ।
मतगणनाको सुरुमा अग्रता कायम राख्नुभएका नेकपा (एमाले)को समर्थनप्राप्त काँग्रेसका बागी उम्मेदवार दिनेश कोइराला भने ३१७३ मत ल्याई चौथो स्थानमा रहनुभएको छ ।
त्यस्तै, पछिल्लो मतपरिणाम अनुसार नै प्रदेशसभा ३(क)तर्फ काँग्रेस गठबन्धनका प्रा.डा. सुर्यकान्त घिमिरले ५५४०, नेकपा एमालेका कृष्ण भुर्तेलले ४१७५ र राप्रपाका ज्ञानजंग लामाले ५०११ मत पाउनुभएको छ । मतगणना जारी छ ।