चितवन । प्रदेशसभा निर्वाचन अन्तरगत चितवन २(क) मा एमाले उम्मेदवार कृष्ण सिलवाल बिजयी हुनुभएको छ ।
विज्ञापन १
सो निर्वाचन क्षेत्रमा लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)का उम्मेदवार घनश्याम दाहाल अविनाशलाई १२४० मतान्तरले पराजित गर्दै एमाले उम्मेदवार कृष्ण सिलवाल विजयी हुनुभएको हो ।
विज्ञापन २
सिलवालले १६ हजार ५ सय मत प्राप्त गरेर विजयी हुनुहुँदा उहाँका निकटतम प्रतिद्धन्द्धी दाहालले १५ हजार २ सय ६० मत पाउनुभयो । यो प्रदेश निर्वाचन क्षेत्रमा ४३ हजार ९७ मत गणना भएको थियो ।
विज्ञापन ३
अन्य मत पेटिकामा पनि प्रदेशको प्रत्यक्षतर्फको मतपत्र परेको हुन सक्ने भएकाले औपचारिक घोषणा गरिनसकेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
#स्वदेश न्युज डेस्क