शनिबार, मङि्सर २२, २०८१
शनिबार, मङि्सर २२, २०८१

देश-प्रदेश खबर पोष्ट

प्रतिनिधि सभा निर्वाचन अन्तरगत चितवन क्षेत्र नं. ३ मा रा.प्र.पा.का बिक्रम पाण्डे बिजयी

  • A
  • A+
  • A++

चितवन । प्रतिनिधि सभा निर्वाचन अन्तरगत चितवन क्षेत्र नं. ३ मा रा.प्र.पा.का बिक्रम पाण्डे बिजयी हुनुभएको छ ।

विज्ञापन १

रा.प्र.पा.का केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका पाण्डेले लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)का उम्मेदवार डा. भोजराज अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका जीता बराल र नेकपा एमालेको समर्थन पाउनुभएका नेपाली काँग्रेसका बागी (स्वतन्त्र) उम्मेदवार दिनेश कोइराला लगायतलाई पराजित गर्नुभएको हो ।

विज्ञापन २

पाण्डेले ३४३६२ मत ल्याउँदा उहाँका निकटतम् प्रतिद्वन्दीका रुपमा माओवादी केन्द्रका डा. अधिकारीले २४६७१, रा.स्व.पा.का जिता बरालले १४७७९ र स्वतन्त्र उम्मेदवार कोइरालाले १२०५७ मत पाउनुभयो । अन्य उम्मेदवारहरुले उल्लेख्य मत पाएनन् ।

विज्ञापन ३

लगातार दुई दशक*भन्दा लामो अवधीदेखि यसै क्षेत्रबाट चुनाब लड्दै आउनुभएका पाण्डे यसअघि २०७० सालको दोश्रो संबिधानसभामा निर्वाचित भई वनमन्त्री एवं भूमिसुधार मन्त्री हुनुभएको थियो । उहाँको पार्टीबाट चितवन ३(क)मा गिर बहादुर (ज्ञानुजंग) लामा प्रदेशसभामा निर्वाचित हुनुभएको छ भने जिल्लाका अन्य उम्मेदवारहरु पराजित भएका छन् ।

तपाईको प्रतिक्रिया