चितवन । प्रदेशसभा निर्वाचन अन्तरगत चितवन ३(ख) मा लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)का ठाकुर प्रसाद ढकाल बिजयी हुनुभएको छ ।
ढकालले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेशसभा उम्मेदवार रिना गुरुङ र नेकपा (एमाले)का उम्मेदवार सरस्वती बिष्ट लगायतका प्रत्यासीहरुलाई पराजित गर्नुभएको हो ।
खसेको कुल ४४०६८ मतमध्ये ढकालले १५४६१ मत ल्याउँदा उहाँका निकटतम् प्रतिद्वन्दीका रुपमा गुरुङले १४६१५ र एमाले उम्मेदवार बिष्टले १०१२४ मत पाउनुभयो । अन्य उम्मेदवारहरुले उल्लेख्य मत पाएनन् ।*
ढकाल यसअघि माडी नगरपालिकाका नगरप्रमुख एवं साविक गर्दी गा.वि.स.को दुई कार्यकाल अध्यक्ष रहनुभएको थियो । उहाँ नेकपा (माओवादी केन्द्र)का बैंकल्पिक केन्द्रीय सदस्य रहनुभएको छ ।
ढकालको जीतलाई चितवन जिल्लामा नेकपा (माओवादी केन्द्र)को सान्त्वना जीतका रुपमा लिइएको छ । सो पार्टीबाट चितवनमा प्रदेशसभा २(क)मा घनश्याम दाहाल अविनाश र प्रतिनिधिसभा क्षेत्र नं. ३ मा डा. भोजराज अधिकारीको पनि उम्मेदवारी रहेकोमा दुबैको पराजय भएको हो ।