चितवन । नेकपा (माओवादी केन्द्र)बाट चितवन ३(ख) मा प्रदेशसभा सदस्य निर्वाचित ठाकुर प्रसाद ढकालले माडीसंगै पश्चिमी चितवनको मुहार फेर्न निरन्तर लागिपर्ने बताउनुभएको छ ।
निर्वाचित भएपश्चात माडीको बसन्तपुरमा सम्पन्न कृतज्ञता सभामा बोल्दै ढकालले माडीको पर्यटन प्रवर्द्धन, कृषि क्षेत्रको विकास, युवा स्वरोजगार लगायत आफ्नो चुनाबी घोषणापत्रमा उल्लेखित योजना एवं कामहरु मुर्तिकृत गर्न लागिपर्ने बताउनुभएको हो ।
सबैले युवा उम्मेदवार खोज्दैगर्दा चितवन ३(ख) का जनताले ‘डाँडामा ठिंग उभिएको सतिसाल’ रोजेको भन्दै उहाँले जनतालाई साथ लिएर चुनाबी प्रतिबद्धताहरु पुरा गर्ने बताउनुभयो । कृतज्ञता सभामा आउनुपुर्व ढकाललाई बसन्तपुर बजारसहित पश्चिमी चितवन र माडीका विभिन्न गाउँहरुमा फूलमाला सहित भव्य स्वागत भएको थियो ।