चितवन । प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं. ३ मा उपविजेता रहनुभएका नेकपा (माओवादी केन्द्र)का प्रत्यासी डा. भोजराज अधिकारीले व्यक्तिगत तवरबाटै माडीलाई स्वस्थ राख्ने बताउनुभएको छ ।
विज्ञापन १
माडीको बसन्तपुरमा सम्पन्न कृतज्ञता सभामा बोल्दै डा. अधिकारीले आगामी ५ बर्षसम्म माडीको स्वास्थ्य क्षेत्रमा निरन्तर काम गर्ने र बघौंडा अस्पताललाई प्रदेश अस्पताल बनाउन लागिपर्ने बताउनुभएको हो ।
विज्ञापन 2
आफूलाई माडीबासीले मत र मनमार्फत जिताएको बताउँदै डा. अधिकारीले चितवन ३(ख)का एजेण्डाहरु प्रदेश सभा सदस्य निर्वाचित हुनुभएका ठाकुर ढकालमार्फत पुरा हुने विश्वास व्यक्त गर्नुभयो ।
अंगे्रजी शव्द ‘इम्पोसिबल (impossible)’ लाई ‘आई. एम. पोसिबल (i-am-possible)’ बनाउन अबको चार बर्ष संधै जनताबिच रहने भन्दै उहाँले जनतासंग अस्पतालको सुरुवात माडीबाटै गर्ने घोषणा पनि गर्नुभयो ।