देश-प्रदेश खबर पोष्ट

देशभरको समानुपातिक मतगणनामा चौथो स्थान कायम गरेको रा.स्व.पा. चितवनमा भने पहिलो

चितवन । देशभरको समानुपातिक मतगणनामा चौथो स्थान कायम गरेको राष्ट्रिय स्वतन्त्र पार्टी चितवनमा भने पहिलो भएको छ ।

चितवन जिल्लाभरीको संघीय समानुपातिक मतगणना सकिँदा ३६ प्रतिशत मत पाएर रा.स्व.पा. जिल्लाको पहिलो पार्टी बनेको हो । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन जिल्लाभर ९९ हजार ३७ मत पाएको छ ।

समानुपातिकमा एमालेले २० प्रतिशत, कांग्रेसले १४ प्रतिशत, नेकपा (माओवादी केन्द्र)ले ११ प्रतिशत, रा.प्र.पा.ले ९ प्रतिशत र एकीकृत समाजवादीले २ प्रतिशत मत पाएका छन् ।

एमालेले ५५ हजार ३१२, कांग्रेसले ३९ हजार १३०, माओवादी केन्द्रले २९ हजार ४६१, रा.प्र.पा.ले २५ हजार ५५ र एकीकृत समाजवादीले ४ हजार ९०६ मत प्राप्त गरेका हुन् ।

चितवनमा प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ २ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ स्थानमा जित निकालेका छन् । त्यस्तै प्रदेश सभातर्फ एमालेले २ तथा काँग्रेस, राप्रपा, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)ले १/१ स्थानमा जित निकालेका छन् ।

तपाईको प्रतिक्रिया

ताजा समाचार