शुक्रबार, मङि्सर २१, २०८१
शुक्रबार, मङि्सर २१, २०८१

देश-प्रदेश खबर पोष्ट

माडी नगरपालिकाले नगर क्षेत्रमा सुत्केरी भएका सबै महिलालाई पोषण खर्चबापत रू.५ हजार दिने

  • A
  • A+
  • A++

चितवन । माडी नगरपालिकाको कार्यपालिका बैठकले नगर क्षेत्रमा सुत्केरी भएका सबै महिलाहरुलाई पोषण खर्चबापत ५ हजार रुपैंया प्रदान गर्ने निर्णय गरेको छ ।

विज्ञापन १

आइतबार सम्पन्न नियमित कार्यपालिका बैठकले सुत्केरी स्याहार कार्यक्रम सञ्चालन कार्यबिधी, २०७९ पारित गर्दै माडी नगरपालिकामा रहेका स्वास्थ्य संस्थाबाट प्रसुती सेवा प्राप्त गर्ने सबै महिलाहरुलाई जनही ५ हजार रुपैंया प्रदान गर्ने निर्णय गरेको हो ।

विज्ञापन २

यसअघि माडी नगरपालिका वडा नं. १ र ६ ले वडास्तरबाट सुत्केरी पोषण खर्च दिने लोकप्रीय कार्यक्रम ल्याएकोमा नगर कार्यपालिका बैठकले सो कार्यक्रम नगर क्षेत्रभर सबै प्रसुतीहरुमा लागु गर्ने निर्णय गरेको नगर कार्यपालिका प्रवक्ता डण्डपाणी पौडेलले जानकारी दिनुभयो ।

विज्ञापन ३

यो कार्यक्रम गत श्रावण १ गते यता प्रसुती भएका महिलाहरुमा लागु हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले बताउनुभयो । यसका लागि सुत्केरी भएको एक महिनाभित्रै आवश्यक कागजात प्रसुती भएको स्वास्थ्य संस्थामा पेश गर्न उहाँको अनुरोध छ ।

तपाईको प्रतिक्रिया