देश-प्रदेश खबर पोष्ट

डा. भोजराज अधिकारी नियमित काममा, ‘अस्पताललाई जनताको घरदैलोमा’ अभियान चलाउने

चितवन । मंसिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट उपविजेता बन्नु भएका फिजिसियन डा. भोजराज अधिकारी नियमित काममा फर्किनु भएको छ ।

उहाँले भरतपुरको पुष्पाञ्जली अस्पतालबाट नियमित बिरामी परीक्षण सेवालाई निरन्तरता दिनु भएको हो । निर्वाचनको समयमा अस्पताल बाहिर रहनुपरेका डा. अधिकारीले स्वास्थ्य सेवासंगै राजनीतिमा सक्रिय रहने योजना सुनाउनुभयो ।

निर्वाचनमा पराजित भए पनि आफूले अघि सारेको ‘अस्पताललाई जनताको घरदैलोमा’ अभियान निरन्तरता दिने भन्दै उहाँले कार्यतालिका बनाई स्वास्थ्य टोली लिएर गाउँगाउँमा गई उपचार नपाएकाहरुलाई अस्पतालसँग जोड्ने, नियमित स्वास्थ्य परीक्षण गराउने र आफ्नो क्षमताले भ्याएसम्म जनताको सेवामा लागिरहने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार