मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

विवाह पञ्चमीको अवसरमा माडीको अयोध्याधाममा रामचन्द्र र सीताको पूजा आराधना

  • A
  • A+
  • A++

चितवन । विवाह पञ्चमीको अवसरमा माडीको अयोध्याधाममा श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरि मनाइएको छ ।

विज्ञापन १

शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा माडी-९, अयोध्याधाममा राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी उत्सव विधिपूर्वक मनाइएको हो । कार्यक्रममा पञ्चेबाजासहित राममन्दिर परिक्रमा र झाँकी प्रदर्शनी समेत भएको थियो ।

विज्ञापन २

माडीसंगै चितवन र ठोरीका विभिन्न स्थानबाट सयौंको संख्यामा श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको सो कार्यक्रम राम मन्दिर विवाह पञ्चमी मूल समारोह समितिका अध्यक्ष मथुरा भण्डारीको अध्यक्षता र समितिका सचिव महदत्त काफ्लेको सहजिकरणमा सञ्चालन भएको हो ।

विज्ञापन ३

कार्यक्रममा प्रमुख अतिथिमा चितवन क्षेत्र नं ३ का नवनिर्वाचित सांसद विक्रम पाण्डे र विशिष्ट अतिथिमा चितवन ३(ख)का बागमती प्रदेश सभा सदस्य ठाकुर प्रसाद ढकाल, चितवन ३(क)का प्रदेश सभा सदस्य ज्ञानुजंग लामा, माडीका नगरप्रमुख ताराकुमारी काजी महतो र नगर उपप्रमुख खेम प्रसाद महतो लगायत रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया