चितवन । चितवन क्षेत्र नं. ३ का नवनिर्वाचित सांसद बिक्रम पाण्डेले निकुञ्जभित्र कालोपत्रे बाटो बनाउने बताउनुभएको छ ।
निर्वाचित भएपश्चात माडीका मतदाताहरुलाई धन्यवाद दिन आउनुभएका पाण्डेले ‘आकाशे पुल पुरा भएको रहेनछ’ भन्ने कटाक्ष गर्दै कालोपत्रे भने पुरा गर्ने बताउनुभएको हो ।
माडीका अधुरा निर्माणका कामहरु पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै पाण्डेले जनताको हरेक दुखसुखमा साथ दिने र हरेक समस्याको समाधान बनी घरदैलोमा आउने बताउनुभयो ।
माडीको बगहीँदेखि बनकट्टासम्मै अति संक्षिप्त धन्यवाद मन्तव्य राख्नुभएका पाण्डे सहितको टोलीलाई माडीबासीहरुको चोकचौतारामा पुष्पगुच्छासहित र बाटोमा हलोको चित्र बनाई स्वागत गरेका थिए ।