देश-प्रदेश खबर पोष्ट

‘बिप्लव’ नेतृत्वको नेकपाद्वारा मालपोत कार्यालय माडीका कर्मचारीहरुलाई ध्यानाकर्षण

चितवन । नेत्रबिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बुधबार माडीको मालपोत कार्यालयका प्रमुख र त्यहाँका कर्मचारीहरुलाई ध्यानाकर्षण गराएको छ ।

सो पार्टीका पोलिटब्युरो सदस्य सन्देश पौडेलको नेतृत्वमा चितवन जिल्ला र माडी नगर स्तरीय नेता कार्यकर्ताहरुको टोलीले बसन्तपुरस्थित मालपोत कार्यालय पुगी प्रशासनिक कामकाजहरुमा ढिलासुस्ती, बेथिती, भ्रष्टाचार र अनियमितता हुन नदिन ध्यानाकर्षण गराएको हो ।

त्यसक्रममा नेता पौडेलले चुनाबमा जग्गा खण्डिकरण पक्षधरहरुको जित भएको जिकीर गर्दै मालपोत कार्यालय चनाखो हुनुपर्ने र कुनै मिलेमतो भए कर्मचारीका कर्तुतको पर्दाफास गर्ने चेतावनी दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार