चितवन । दुईपटक रोकिन पुगेको साइड नेपाल कप अन्तरमाडी फुटबल प्रतियोगिताको छैठौं संस्करण अन्ततः मंसिर २४ गतेबाट सञ्चालन हुने भएको छ ।
साइड नेपाल क्लब, बसन्तपुर माडीको आयोजनामा हरेक बर्ष दशैं तिहार कपको नाममा सञ्चालन हुनेगरेको सो प्रतियोगिता यसबर्ष दुईपटकको स्थगन पश्चात ‘साइड नेपाल कप’को नाउमाँ सञ्चालन गर्न लागिएको आयोजकले जनाएको हो ।
मंसिर २४ गते सुरु हुने प्रतियोगिता पौष ९ गतेसम्म माडीको बसन्तपुर बजारस्थित चौरमा सञ्चालन हुने प्रतियोगिताका संयोजक रामु क्षेत्रीले बताउनुभयो । टिम दर्ताको समयसीमा भने मंसिर २१ सम्म रहेको छ ।
शिल्ड, मेडल र प्रमाणपत्र सहित प्रतियोगिताको प्रथम पुरस्कार रु. १ लाख ६० हजार र द्वितीय पुरस्कार रु. ८० हजारका साथै विधागत उत्कृष्ट खेलाडीहरूलाई समेत नगद सहित सम्मान गरिने जनाइएको हो ।
प्रतियोगिताको मुख्य-प्रवर्द्धक माडी नगरपालिका र प्रवर्द्धकमा चितवन जिल्ला फुटबल संघ रहेको छ । प्रतियोगिताको अफिसियल मिडिया स्वदेश एफ.एम. रहेको छ ।