माडी नगरपालिकाको बिपद् पूर्वतयारी एवं प्रतिकार्य गुरुयोजना निर्माण अन्तिम चरणमा

246
SwadeshPost

चितवन । माडी नगरपालिकाको स्थानीय बिपद् तथा जलवायु उत्थानशील योजना एवं बिपद् पूर्वतयारी तथा प्रतिकार्य गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको छ ।

गुरुयोजना निर्माण अन्तरगत बिज्ञ समूहले तयार गरेको मस्यौदामा सोमबार छलफल गरिएको छ । छलफलमा माडीका नगरप्रमुख ताराकुमारी काजी महतो, उपप्रमुख खेमप्रसाद महतो, प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल एवं वडाध्यक्षहरु र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

मुख्यतः बर्षा, बाढी र बन्यजन्तुजन्य बिपद् झेल्दै आएको माडी क्षेत्रमा आगलागी, हावाहुरी र चट्याङ पनि बिपद्को कारण बन्ने गरेका छन् ।

सो बिपद्हरुको अवस्था केलाउँदै सामान्य र जटिल अवस्थाको बिपद् व्यवस्थापन एवं पूर्वतयारी सम्बन्धी योजना तयार गर्न नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.)को सहयोगमा नगरस्तरीय गुरुयोजना निर्माण भइरहेको हो ।

SwadeshPost