चितवन । आउँदो माघ पहिलो सातादेखि माडीको बसन्तपुरमा २४औं अन्तर्राष्ट्रिय आमन्त्रण माडी गोल्डकप फुटबल प्रतियोगिता २०७९ सञ्चालन हुने भएको छ ।
![](https://i0.wp.com/swadeshpost.com/wp-content/uploads/2024/10/central.gif?resize=1200%2C138&ssl=1)
गोल्डेन इमिनेन्ट बसन्तपुर युनाइटेड क्लबको आयोजना तथा बसन्तपुर युथ क्लब र साइड नेपाल बसन्तपुरको सहआयोजनामा माघ ७ गतेदेखि १४ गतेसम्म अन्तर्राष्ट्रिय स्तरको गोल्डकप सुरु हुन लागेको प्रतियोगिताका संयोजक नवीन बस्यालले जानकारी दिनुभयो ।
![](https://i0.wp.com/narayanionline.com/wp-content/uploads/2024/12/5x33-cm-for-Paper-copy-1-1536x232.jpg?resize=1536%2C232&ssl=1)
प्रतियोगितामा काठमाडौं, वीरगन्ज, सर्लाही, पोखरा, चितवन र भारतका गरी उत्कृष्ट ८ वटा टिमको भिडन्त रहने जनाइएको छ । प्रतियोगिताका विजेता टोलीले रु ३ लाख र उपबिजेताले १ लाख ५० हजार साथमा ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।
![](https://i0.wp.com/swadeshpost.com/wp-content/uploads/2024/10/Watashino-Ad-Long-1.jpg?resize=1000%2C120&ssl=1)
त्यस्तै, प्रतियोगितामा उत्कृष्ट हुने किपर, डिफेन्स, मिडफिल्डलाई जनही १० हजार, सर्वाधिक गोलकर्तालाई १५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, बेस्ट कोचलाई ७ हजार, नवप्रतिभाशाली खेलाडी र बेस्ट टिमलाई १२ हजार ५ सय प्रदान हुने जनाइएको छ ।
प्रतियोगिताको मुख्य प्रवर्द्धकमा माडी नगरपालिका तथा प्रवर्द्धकहरूमा चितवन जिल्ला फुटबल संघ, नगर खेलकुद विकास समिति माडी र माडी ३ वडा कार्यालय रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख रुपैंया खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको र हाल त्यसको व्यवस्थापकीय कामहरू जारी रहेको आर्थिक संयोजक विजय पराजुलीले बताउनुभयो ।