चितवन । अमेरिकाको क्यालिफोर्नियास्थित एन.आर.एन.ए. नन रेसिडेन्ट नेपाली एसोसिएसनले चितवनका नवनिर्वाचित साँसदहरुलाई सम्मान तथा शुभकामना कार्यक्रम गर्ने भएको छ ।
विज्ञापन १
नेपालस्थित साझेदार संस्था देउराली फाउण्डेशन नेपालसंगको सहकर्यमा गैरआवासीय नेपालीहरुको सो संस्थाले चितवनका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुलाई शुभकामना सहित सम्मान गर्न लागेको एसोसिएसनका अध्यक्ष माधव मरासिनीले जानकारी दिनुभयो ।
विज्ञापन २
एसोसिएसनले मुख्यतः माडीसंगै चितवनका विभिन्न स्थानहरुमा शिक्षा र स्वास्थ्य सम्बन्धी सहयोग प्रदान गरिरहेकोमा जिल्लाका सांसदहरुलाई यससम्बन्धी जानकारी समेत हुनेगरी सो कार्यक्रम आयोजना गरेको जनाएको हो ।
विज्ञापन ३