चितवन । दिवंगत बुबाको स्मृतिमा माडीको सितलपुरमा एक परिवारले प्रतीक्षालय निर्माण गरेको छ ।
दिवंगत देवीप्रसाद पाण्डेको स्मृतिमा उहाँको परिवारजनले माडी नगरपालिका वडा नं. २, सितलपुरस्थित देबीलाल चोकमा प्रतीक्षालय निर्माण गरेको हो ।
प्रतीक्षालयको बुधबार बागमती प्रदेशसभा सदस्य निर्वाचित ठाकुर प्रसाद ढकाल र दिवंगत पाण्डेका धर्मपत्नी सेतु कुमारी पाण्डेले संयुक्त उद्घाटन गर्नुभयो । त्यस क्रममा पाण्डे परिवारले नवनिर्मित प्रतीक्षालयको छेवैमा खानेपानीको धारा समेत व्यवस्था गर्ने बताएको छ ।
प्रतीक्षालय निर्माण भएको स्थानलाई गतबर्ष तात्कालीन नगरप्रमुख रहनुभएका ढकालले नै देवीलाल चोक नामाकरण गर्नुभएको थियो ।
तात्कालीन माओवादी सशस्त्र जनयुद्धमा सहभागी रहनुभएका दिवंगत पाण्डे राज्यपक्षबाट चरम यातना पाउनुभएका स्थानीय राजनैतिक एवं सामाजिक अगुवा हुनुहुन्थ्यो ।