चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले पुनः माडीको कुसुमखोलामा चेपाङका घरहरु भत्काएको छ ।
विज्ञापन १
निकुञ्जको बगहीं पोष्टमा कार्यरत सेना र निकुञ्जका कर्मचारीहरु दिउँसो १२ देखि ३ बजेसम्म कुसुमखोलाका विभिन्न गाउँमा पुगी १० वटा घरहरु र एकवटा मन्दिर भत्काएका हुन् ।
विज्ञापन 2
बुधबार दिउँसो पैदलै हिँडेर कुसुमखोला पुगेका सेना र निकुञ्जका कर्मचारीहरुले भत्काइने घरबाटै बञ्चरो र खुर्पा लिएर घरहरु भत्काएको कुसुमखोलाबासी काजीमान चेपाङले बताउनुभयो ।
घर भत्काइसकेपछि सेनाले बञ्चरो र खुर्पाहरु साथमै लगेको अर्का कुसुमखोलाबासी दिलाल चेपाङले बताउनुभयो । हाल कुसुमखोलामा ३० घरधुरी चेपाङहरुको बसोबास रहेको छ ।
करीब २ बर्षअघि हात्ती लगाई निकुञ्जले सो बस्तीमा आगजनी गरेपश्चात पातलिएको कुसुमखोला बस्तीमा हाल विभिन्न स्थानबाट आएका थप चेपाङ परिवारहरु बस्न थालेका हुन् ।