मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

आमा र बुबा दुबै नरहेका बालबालिकाहरुलाई माडी नगरपालिकाले मासिक भत्ता दिने

  • A
  • A+
  • A++

चितवन । आमा र बुबा दुबैको मृत्यु भएका वा नरहेका बालबालिकाहरुलाई प्रदेश सरकारको सहयोगमा माडी नगरपालिकाले मासिक भत्ता दिने भएको छ ।

विज्ञापन १

नगरपालिकाले बागमती प्रदेश सरकारको बार्षिक कार्यक्रम अन्तरगत प्राप्त बजेटबाट नगर क्षेत्रका अनाथ र सहयोगापेक्षी बालबालिकाहरुलाई मासिक रु. २ हजार भत्ता दिने जनाएको हो ।

विज्ञापन २

यस अन्तरगत नगरभित्र आबा र बुबा दुबैको मृत्यु भएको वा दुबै बेपत्ता भएको वा दुबैको संरक्षण र रेखदेखबाट बञ्चित भई अरुको संरक्षणमा रहेका १८ बर्षमुनिका बालबालिकाहरुको तथ्यांक संकलनको काम चलिरहेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख उषा आचार्यले जानकारी दिनुभयो ।

विज्ञापन ३

नगर क्षेत्रभित्र यसप्रकारका सहयोगापेक्षी बालबालिकाहरु कहिँकतै रहे सम्बन्धित वडा कार्यालयमा जानकारी दिन शाखा प्रमुख आचार्यको अनुरोध छ ।

तपाईको प्रतिक्रिया