मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडीमा सडकको दुरावस्था र पुल निर्माण अलमलप्रति खबरदारीका लागि नागरिक सरोकार समिति

  • A
  • A+
  • A++

चितवन । पूर्वी माडीको निर्माणाधीन सडकको दुरावस्था एवं पुल निर्माणको अलमलप्रति समुदायस्तरबाट खबरदारीका लागि सरोकार समिति गठन भएको छ ।

विज्ञापन १

माडी ८ र ९ का सामाजिक अगुवाहरुको भेलाले सडक र पुल निर्माणमा भइरहेको ढिलासुस्ती एवं अकर्मण्यता बिरुद्ध खबरदारी गर्न नारदमणि पौडेलको संयोजकत्वमा १३ सदस्यीय सरोकार समिति गठन गरेको हो ।

विज्ञापन २

सरोकार समितिको सहसंयोजकमा महदत्त काफ्ले, सदस्य सचिवमा प्रेम आचार्य र सदस्यहरुमा गंगा बहादुर अधिकारी, बलभद्र पनेरु, सुर्यनाथ अधिकारी, कणर्जंग पाण्डे, सहदेव गुरुङ, हरिराम दाहाल, लक्ष्मण सुनार, रुद्रप्रसाद रेग्मी, राजमान गुरुङ, अञ्जना आर्चाय र निलम श्रेष्ठ रहनुभएको छ ।

विज्ञापन ३

समितिले बिगत ४ बर्षदेखि निर्माणाधिन अबस्थामा रहेका हुलाकी सडक र पुलको निर्माण ढिलाई एवं पीच भत्काउँदा धुलाम्य सडकका कारण नागरिकले पाएका सास्ती र सडकमा यात्रा गर्दा देखिएका खाल्डाखुल्डीका कारण दुर्घटना बढ्न सक्ने भन्दै सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउने जनाएको हो ।

तपाईको प्रतिक्रिया