मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

जेष्ठ नागरिक जिल्ला संघ, चितवनले माडीका सबै वडाहरुमा ज्येष्ठ नागरिक समिति गठन हुँदै

  • A
  • A+
  • A++

चितवन । जेष्ठ नागरिक जिल्ला संघ, चितवनको आयोजना र माडी नगरपालिकाको समन्वयमा माडीका सबै वडाहरुमा वडास्तरीय ज्येष्ठ नागरिक समिति गठन सुरु भएको छ ।

विज्ञापन १

यस क्रममा आइतबार वडाध्यक्ष पुरन महतोको प्रमुख आतिथ्यमा माडी नगरपालिकाको वडा नं. ३ मा ज्येष्ठ नागरिक समिति गठन भएको छ । माडी-३ मा रिखिराम लामिछानेको अध्यक्षतामा उपाध्यक्ष आशाराम महतो, कोषाध्यक्ष लिलाधर वाग्ले, सचिव कृष्ण महतो र सहसचिव मायादेवी महतो रहनुभएको समिति गठन भएको हो ।

विज्ञापन २

त्यसअघि शनिबार महेन्द्र दवाडीको अध्यक्षतामा माडी-२ ज्येष्ठ नागरिक समिति गठन भएको थियो । बिपन्न बर्ग तथा घरबारबिहिन असहाय, जेष्ठ नागरिकको संरक्षण संगै उनीहरुको सुरक्षा र उपचारका लागि समितिले काम गर्ने जिल्ला कार्य समिति सदस्य एवं पहलकर्ता छविलाल भट्टराईले बताउनुभयो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया