आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

माडी (स्थानीय) खबर पोष्ट

घाँसदाउराका लागि निकुञ्ज छेउ जाँदा हराइरहेका माडी धोबाहाका एक बृद्धको खोजी हुँदै

  • A
  • A+
  • A++

चितवन । घाँसदाउराका लागि निकुञ्ज छेउ जाँदा हराइरहेका माडी-३ धोबाहा निवासी बृद्ध पाहुन महतोको खोजी सुरु भएको छ ।

विज्ञापन १

घाँसदाउराका लागि रीउ नदी पारी निकुञ्ज छेउको घाँसे मैदानमा जानुभएका अन्दाजी ७८ बर्षका बृद्ध महतो घर नफर्किएसंगै उहाँको खोजी कार्य चलेको हो ।

विज्ञापन २

नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासीहरुले सोमबार दिनभर हराइरहेका महतोको सोमबार दिनभर खोजी गरेपनि फेला पार्न सकेन । साँझपख खोजीस्थलमा प्रदेशसभा सदस्य निर्वाचित ठाकुर प्रसाद ढकाल र माडी-३ का वडाध्यक्ष पुरन महतो लगायतको टोली समेत पुगेको थियो ।

विज्ञापन ३

त्यस क्रममा ढकालले चितवन राष्ट्रिय निकुञ्जसंग समन्वय गरी खोजीका लागि निकुञ्जको हात्ती सहितको टोली खटाउन पहल गर्नुभएकोमा मंगलबारबाट हात्ती प्रयोग गरी खोजी गरिने बिपद् श्रोतव्यक्ति गोबिन्द न्यौपानेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया