खेल र खेलाडी पोष्ट

साइड नेपाल कप फुटबलमा गोल्डेन इमिनेन्ट बसन्तपुर युनाइटेड क्लब दोश्रो चरण प्रवेश

मोहन पोखरेल, चितवन

माडीको बसन्तपुरमा जारी छैठौं साइड नेपाल कप अन्तरमाडी नकआउट फुटबल प्रतियोगिता अन्तरगत मंगलबारको एकमात्र खेलबाट गोल्डेन इमिनेन्ट बसन्तपुर युनाइटेड क्लब दोश्रो चरणमा प्रवेश गरेको छ ।

बसन्तपुरले ५-० को फराकिलो गोलअन्तरबाट माडी-८ खेलकूद समितिको टोलीलाई पराजित गरेको हो । खेलको म्यान अफ द म्याच बसन्तपुर युनाइटेडका लागि ह्याट्रिक गर्न सफल खेलाडी बिज्ञान खड्का घोषित हुनुभयो ।

सो खेलमा बसन्तपुरले हालै निधन भएका शिक्षक देव प्रसाद पाैडेलको स्मृतिमा हालमा कालो पट्टी बाँधेर खेलेको थियो भने खेल्नुअघि एक मिनेट माैनधारण समेत गरेको थियो ।

यसअघि सोमबारको खेलबाट रेडहिल युनाइटेड क्लब खैरहनी र योंग स्टार युवा क्लब पौहारी दोश्रो चरणमा प्रवेश गरेको थियो । समाज सुधार तथा वातावरण विकास (साइड) नेपालद्वारा आयोजित सो प्रतियोगिता माडी क्षेत्रका १५ वटा टीमको सहभागिता रहेको हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार