मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

माडी नगर कार्यपालिकाको बैठकले निकुञ्जभित्र भूमिगत केबल राख्न आवश्यक सहयोग गर्ने निर्णय

  • A
  • A+
  • A++

चितवन । माडी नगरपालिकाको कार्यपालिका बैठकले चितवन राष्ट्रिय निकुञ्जभित्र भूमिगत केबल राख्न आवश्यक समन्वय र सहजिकरण गर्ने निर्णय गरेको छ ।

विज्ञापन १

नगर उपप्रमुख खेमप्रसाद महतोको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले निकुञ्जभित्र बैंकल्पिक भूमिगत केबुल बिछ्याउन नेपाल विध्युत प्राधिकरणलाई सघाउने निर्णय गरेको हो ।

विज्ञापन २

त्यस्तै, बैठकले चितवन राष्ट्रिय निकुञ्जको छेउछाउका गाउँहरुमा जंगली जनावरहरु रोक्न बत्ती जडानका लागि प्राधिकरणलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ । बैठकमा प्राधिकरण अन्तरगत चनौली वितरण केन्द्रका प्रमुख ई. शिशिर लम्साल लगायतका अधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

विज्ञापन ३

निकुञ्जभित्र बैंकल्पिक भूमिगत केबुल राख्न प्राधिकरणले गरिरहेको पुरक ई.आई.ए.कै प्रक्रिया अन्तरगत नगर कार्यपालिका र प्राधिकरणको संयुक्त बैठक बसेर सो निर्णय गरेको कार्यपालिक प्रवक्ता डण्डपाणी पौडेलले जानकारी दिनुभयो । (फाइल फोटो)

तपाईको प्रतिक्रिया