चितवन । नेपाल विद्यार्थी संघका माडी नगर अध्यक्ष एवं कांग्रेसका माडी ७ वडा सचिव विकास ओझाले पार्टी परित्याग गर्नुभएको छ ।
विज्ञापन १
सामाजिक सञ्जालमा पोष्ट गर्दै युवा नेता ओझाले पार्टीभित्र गलत प्रवृत्ति बढेको आरोप लगाउँदै पार्टीबाट राजिनामा दिएको बताउनुभएको हो ।
विज्ञापन 2
पार्टीभित्र राम्रालाई भन्दा आफ्नालाई स्थान दिने, सिद्धान्त बिचार कतै नमिल्ने समूहसंग सरकार टिकाउन र आफू बच्न गठबन्धन गर्ने, अपराधीलाई बचाउन खोज्ने, पार्टीका मान्छेबाट गलत भइरहेको आवाज उठाउँदा दबाउन खोज्ने जस्ता कार्य भइरहेको ओझाको भनाई छ ।
#स्वदेश न्युज डेस्क
२०७९ पाैष ०६ गते बुधबार दिउँसो ०४:४८ मा प्रकाशित