शनिबार, मङि्सर २२, २०८१
शनिबार, मङि्सर २२, २०८१

देश-प्रदेश खबर पोष्ट

माडीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १५९ महिला सहित कूल २५१ जनाले लिए सेवा

  • A
  • A+
  • A++

चितवन । माडीको बसन्तपुरमा सञ्चालित विभिन्न सरुवा रोग तथा क्यान्सर रोग विशेष निःशुल्क स्वास्थ्य शिविरमा १५९ महिला सहित कूल २५१ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

विज्ञापन १

विभिन्न सरुवा रोग एवं क्यान्सर रोगबारे माडीबासीलाई चेतना र आवश्यक सेवा दिने उद्देश्यले माडी नगरपालिका, एन.आर.एन.ए. नन रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया अमेरिका र देउराली फाउण्डेशनको आयोजना एवं अमेरिकास्थित मदरल्याण्ड नेपाल संस्थाको सह-आयोजनामा शिविर सञ्चालन भएका हो ।

विज्ञापन २

शिविरमा काठमाडौंस्थित टेकु अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेर बहादुर पुन र नर्भिक इन्टरनेशनल अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले बिरामीहरुको स्वास्थ्य परीक्षण र परामर्श गर्नुभएको थियो ।

विज्ञापन ३

शिविरमा सहभागी बिरामीहरुले काठमाडौंमा पूर्वसमय लिएर मात्रै भेट्न पाइने ख्यातिप्राप्त सफल विशेषज्ञहरुबाट घरगाउँमै सेवा लिन पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका थिए ।

तपाईको प्रतिक्रिया