सोमबार, मङि्सर २४, २०८१
सोमबार, मङि्सर २४, २०८१

देश-प्रदेश खबर पोष्ट

माडीका पुराना स्वास्थ्यकर्मी गोविन्द नेपाललाई ‘ग्रामीण स्वास्थ्य सेवा सम्मान २०२२’ प्रदान हुने

  • A
  • A+
  • A++

चितवन । दुई दशकबढी माडी क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्नुभएका स्वास्थ्यकर्मी गोविन्द नेपाल ‘ग्रामीण स्वास्थ्य सेवा सम्मान २०२२’ बाट सम्मानित हुनुहुने भएको छ ।

विज्ञापन १

अमेरिकाको क्यालिफोर्नियास्थित एन.आर.एन.ए. ननरेसिडेन्ट नेपाली एशोसिएसनले स्वास्थ्यकर्मी नेपाललाई सो सम्मान गर्न लागेको हो ।

विज्ञापन २

बिहीबार माडीको बघौंडास्थित माडी भिलेज रिसोर्टको सभाहलमा बागमती प्रदेशसभाका सदस्य निर्वाचित ठाकुर प्रसाद ढकालसहित माडीका नगर-प्रमुख ताराकुमारी काजी महतोले सो सम्मान अर्पण गर्नुहुनेछ ।

विज्ञापन ३

बरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार-२०२२ हस्तान्तरण कार्यक्रमकै सन्दर्भमा माडीका स्वास्थ्यकर्मी नेपाललाई सो सम्मान प्रदान गरिने कार्यक्रमको व्यवस्थापक देउराली फाउण्डेशनले जनाएको छ ।

तपाईको प्रतिक्रिया