चितवन । एक दशकदेखि माडीबाट पत्रकारितामा सक्रिय देव नारायण शाह ‘ग्रामीण सञ्चार सेवा सम्मान – २०२२’ बाट सम्मानित हुनुहुने भएको छ ।
अमेरिकाको क्यालिफोर्नियास्थित एन.आर.एन.ए. ननरेसिडेन्ट नेपाली एशोसिएसनले मिडियाकर्मी शाहलाई सो सम्मान प्रदान गर्न लागेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता बिषयमै स्नातकोत्तर उत्तीर्ण शाह हाल स्वदेश एफ.एम.को अध्यक्ष र स्वदेशपोष्ट अनलाइनको सम्पादक तथा सार्वजनिक सुनुवाई सहजकर्ता र पत्रकारिताका शिक्षक र प्रशिक्षकका रुपमा पत्रकारितामा सक्रिय रहनुभएको छ ।
उहाँकै नेतृत्वमा माडीमा सामुदायिक रेडियो माडीको स्थापना भएको थियो । तात्कालीन सयौं अवरोध र समस्याहरुलाई चिर्दै मिडिया संस्थापनामार्फत माडीलाई अगाडि बढाउन योगदान गरेको भन्दै उहाँलाई सम्मान गर्न लागिएको एसोशिएसनले जनाएको छ ।
बिहीबार माडीको बघौंडास्थित माडी भिलेज रिसोर्टको सभाहलमा बागमती प्रदेशसभाका सदस्य निर्वाचित ठाकुर प्रसाद ढकालसहित माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले शाहलाई सो सम्मान अर्पण गर्नुहुने कार्यक्रमको व्यवस्थापक देउराली फाउण्डेशनले जनाएको छ ।