शनिबार, मङि्सर २२, २०८१
शनिबार, मङि्सर २२, २०८१

पर्यटन खबर पोष्ट

गुरुङ समुदायले आज शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदै, सरकारद्वारा सार्वजनिक बिदा

  • A
  • A+
  • A++

पाैष १५, चितवन । गुरुङ समुदायले आज शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।

विज्ञापन १

हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् ।

विज्ञापन २

तमु ल्होसारको अवसरमा म्ले क्यु कोइबो तमु समाज माडी-६ को आयोजनामा रामराज्यपुरस्थित साविक आधारभूत विद्यालय प्राङ्गणमा विशेष कार्यक्रम सञ्चालन हुँदैछ । सरकारले तमु ल्होसारको अवसरमा आज शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

विज्ञापन ३

तमु ल्होसार (पुषे पन्ध्र)को अवसरमा बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकाल र माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले तमु गुरूङ समुदाय लगायत स्वदेश र प्रवासमा रहेका नेपालीहरुमा शुभकामना ब्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया