आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडी मा. वि. बसन्तपुरले ५०औं बर्षको स्वर्ण महोत्सव नमनाउँदै ५१औं बार्षिकोत्सव मनायो

  • A
  • A+
  • A++

चितवन । माडी माध्यमिक विद्यालय बसन्तपुरले ५०औं बर्षको स्वर्ण महोत्सव नमनाउँदै ५१औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

विज्ञापन १

विद्यालयले गतबर्ष नै स्वर्ण महोत्सव मनाउने निर्णय अनुरुप तयारी थालेपनि भौतिक निर्माण कार्यहरु पुरा नहुँदा स्वर्ण महोत्सव एक बर्ष पछाडि सारेको हो ।

विज्ञापन २

संघीय सरकारबाट नमुना कार्यक्रममा सुचिकृत सो विद्यालयमा हाल ३ तले नयाँ भवन निर्माणाधीन रहेको छ । दुई तला ढलाई भई हाल तेश्रो तल्ला निर्माणकार्य जारी रहेको छ । त्यस्तै फूलबारी, स्वर्ण स्तम्भ र अन्य संरचनाहरु समेत निर्माण सकिएका छैनन् ।

विज्ञापन ३

अब, आगामी २०८० सालको बैशाखदेखि नै स्वर्ण जयन्तीका कार्यक्रम र गतिविधीहरु सुरु गरी पौष दोश्रो साता स्वर्ण महोत्सव सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक भूपेन्द्र पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया