पर्यटन खबर पोष्ट

पूर्वी माडीको बगहीँ क्षेत्रका दुरा समुदायले हर्षोल्लासपूर्वक नयाँ बर्ष (म्हैप्रु नकुमा) पर्व मनाए

चितवन । पूर्वी माडीको बगहीँ क्षेत्र निवासी दुरा समुदायले हर्षोल्लासपूर्वक नयाँ बर्ष (म्हैप्रु नकुमा) पर्व मनाएका छन् ।

दुरा समुदायले हरेक पौष १५ गतेलाई नयाँ बर्षका रुपमा विभिन्न रमाइलो कार्यक्रम र शुभकामना आदान-प्रदान गरी मनाउने गर्दछन् । बगहीँमा कुर्चीचाल, घैंटो फुटाई लगायतका रमाइला खेल भएको थियो ।

यस दिनमा गाउँका तरुण तरूनीहरुले घरबाट उठाएर चामल र रक्सीको ब्यवस्था गरी खुल्ला ठाउंमा (गह्रा)मा छाप्रो हाली भोज खाने चलन छ । यस दिन दुरा जातिले लेनदेन मिलाउने काम गरेको पनि पाइन्छ ।

पुख्र्यौली थलो लमजुङ दुराडाँडाबाट बसाईं सरी मुख्यतः माडीको बगहीँ र चितवनका विभिन्न स्थानमा बसोबास गरिरहेका दुराहरु आफ्नै भाषा र संस्कृति भएको अल्पसंख्यक जनजाती मानिन्छन् । माडीको बगहीँमा दुरा समुदायले साँस्कृतिक होमस्टे समेत सञ्चालन गरेका छन् ।

तपाईको प्रतिक्रिया

ताजा समाचार