शनिबार, मङि्सर २२, २०८१
शनिबार, मङि्सर २२, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडीको अयोध्यापुरी मध्यवर्ती साकोसले गत आर्थिक बर्षमा २० लाख ७० हजार शुद्ध बचत

  • A
  • A+
  • A++

चितवन । माडीको अयोध्यापुरी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक बर्षमा २० लाख ७० हजार शुद्ध बचत गरेको छ ।

विज्ञापन १

सहकारीको १६औं बार्षिक साधारणसभा तथा अधिवेशनमा प्रस्तुत एवं पारित आयव्यय प्रतिवेशन अनुसार सो सहकारीले गत आ.व. २०७८/७९ मा कूल ८० लाख ६२ हजार ५२८ रुपैंयाको आयबाट सो शुद्ध बचत गरेको हो ।

विज्ञापन २

कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा बोल्दै माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले सहकारीहरुले जनताको पैसा सुरक्षित गर्नुपर्ने बताउँदै फरक फरक सहकारीबाट दोहोरो तेहरो सेयर सदस्यताको समस्या हल गर्न सहकारी एकीकरणमा जोड दिनुभएको थियो ।

विज्ञापन ३

जनजीवन माध्यमिक विद्यालय परिसरमा सहकारी अध्यक्ष मथुरा बहादुर भण्डारीको अध्यक्षतामा सहकारीको साधारणसभा सुरुवात भएको हो । साधारणसभा अन्तरगत सञ्चालक समिति र लेखा समितिको निर्वाचन आइतबार (भोलि) हुनेगरी स्थगन भएको छ ।

तपाईको प्रतिक्रिया