मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

पहिलो फूल क्याबिनेट बैठकबाटै निकुञ्जभित्र सडक निर्माणको निर्णय गरिदिन प्रधानमन्त्री प्रचण्डलाई अनुरोध

  • A
  • A+
  • A++

चितवन । समृद्धिका लागि युवा अभियान माडीले पहिलो फूल क्याबिनेट बैठकबाट चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माणको निणर्य गरिदिन प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गरेको छ ।

विज्ञापन १

नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन समारोहका लागि गृहजिल्लास्थित भरतपुर आउनुभएका प्रधानमन्त्री प्रचण्डलाई चितवनमा स्वागत एवं ध्यानाकर्षण गर्दै अभियानले प्रचण्डसमक्ष सो लिखित अनुरोध गरेको हो ।

विज्ञापन २

अनुरोध पत्रमा भरतपुर माडी सडकखण्ड अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मानव तथा वन्यजन्तुमैत्री हुनेगरी कालोपत्रे गर्नका लागि माडीबासी जनताको तर्फबाट अनुरोध रहेको छ ।

विज्ञापन ३

जवाफमा प्रधानमन्त्री प्रचण्डले आफ्नो ध्यानाकर्षण रहेको भन्दै सकारात्मक जवाफ दिनुभएको अभियानका अगुवा रामचन्द्र लम्साले बताउनुभयो । प्रचण्ड यसअघि माडी क्षेत्र समेट्ने चितवन ३ बाटै जनप्रतिनिधि रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया