चितवन । नेपाल रेडक्रस सोसाइटी उपशाखा कल्याणपुरको सभापतिमा रामकृष्ण अधिकारी पुनर्चयन हुनुभएको छ ।
विज्ञापन १
शनिवार माडी-६, कल्याणपुरस्थित दिव्य कालीका अंग्रेजी बोर्डिङ स्कुल परिसरमा सम्पन्न उपशाखाको बीसौं साधारणसभा तथा चौथो अधिवेशनबाट २ बर्षे कार्यकालका लागि अधिकारीको नेतृत्वमा११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
विज्ञापन २
उपशाखाको उपसभापतिमा गंगा दाहाल, सचिवमा गणेश कुमार मकाजु, कोषाध्यक्षमा बिष्णु आचार्य, उप-सचिवमा नारायण प्रसाद पौडेल र उप-कोषाध्यक्षमा कोपिला कुमारी क्षेत्री रहनुभएको छ ।
विज्ञापन ३
त्यस्तै, सदस्यहरुमा निर्मला अधिकारी, बिष्णु प्रसाद अधिकारी, रमेश अधिकारी, सुर्य भट्टराई र विकास ओझा रहनुभएको छ । साधारणसभाकै सन्दर्भमा सञ्चालित खुला रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए ।