शनिबार, मङि्सर २२, २०८१
शनिबार, मङि्सर २२, २०८१

माडी (स्थानीय) खबर पोष्ट

नेपाल राष्ट्रिय शिक्षक संगठन माडीले नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउँदै विभिन्न ९ बुँदे माग

  • A
  • A+
  • A++

चितवन । नेपाल राष्ट्रिय शिक्षक संगठन माडी नगर समितिले माडी नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउँदै विभिन्न ९ बुँदे माग राखेको छ ।

विज्ञापन १

संगठनले विद्यार्थीको खाजा रकम प्रति विद्यार्थी रु.१५ रहेकोमा नगरपालिकाबाट प्रति विद्यार्थी रु. १० थप हुनुपर्ने तथा शैक्षिक क्षेत्रमा छुट्याइएको अधिकांश बजेट तालिमका लागि सुनिएको भन्दै अत्यावश्यक शौचालय निर्माण, स.का. र कर्मचारीको सेवा सुविधा थपमा खर्च गर्नुपर्ने माग गरिएको छ ।

विज्ञापन २

त्यस्तै, आधारभूत विद्यालयको दरबन्दी कटौती भएकोमा आवश्यकता अनुसार स्वयम् सेवक शिक्षकको व्यवस्था हुनुपर्ने तथा स्वयम् सेवक शिक्षकको तलब पनि क्रमशः १५, २० र २५ हजार हुनुपर्ने र नगरपालिकाबाट सञ्चालन हुने ५ र ८ कक्षाको परीक्षा प्रणाली थप व्यवस्थित हुनुपर्ने पनि उल्लेख रहेको छ ।

विज्ञापन ३

ध्यानाकर्षण पत्रमा, बिषय विज्ञ शिक्षक छनौटमा शिक्षा शाखाका नजिक भएका मात्र छनौट भएको आरोप लगाउँदै शिक्षा समितिको बैठकमा पेशागत संगठनका अध्यक्षहरुलाई आमन्त्रित रुपमा बोलाउन सुझाब दिइएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै माडीका नगर प्रमुख ताराकुमारी काजी महतोले सकारात्मक सुझाव सदैव ग्राह्य रहेको र प्रक्रिया पुर्याई मागहरु पुरा गर्दैै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया