सोमबार, माघ ०७, २०८१
सोमबार, माघ ०७, २०८१

देश-प्रदेश खबर पोष्ट

जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार माडी नगरपालिकाद्वारा सञ्चालित क्रसर प्लाण्ट बन्द

  • A
  • A+
  • A++

देव नारायण शाह

विज्ञापन १

८ माघ, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको आदेश अनुसार माडी नगरपालिकाद्वारा सञ्चालित गिट्टी बालुवा प्रशोधन (क्रसर) प्लाण्ट बन्द भएको छ ।

विज्ञापन २

प्रशासनको आदेश अनुसार माडीको १ प्रशोधन प्लाण्टसहित जिल्लाभरीका १८ वटा क्रसर उद्योग बन्द भएका हुन् । आइतबार नेपाल विध्युत प्राधिकरणबाट खटिएका २ जना प्राविधिकहरुले दिउँसो ३ बजे माडी-६, मजुवा गाउँस्थित प्लाण्टको विध्युत लाइन काटेका थिए ।

विज्ञापन ३

नगरपालिकाले आफ्नै विकास निर्माण कार्यका लागि आवश्यता अनुसारको गिट्टी बालुवा प्रशोधनका लागि सरोकारवालाहरुसंग आवश्यक समन्वय गर्दै करीब चार बर्षअघि माडीमा प्रशोधन प्लाण्ट स्थापना गरेको थियो ।

अत्यावश्यक निर्माण सामग्री प्रशोधन हुने सो प्लाण्ट पुनः सञ्चालनका लागि पहल सुरु गरिएको माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो ।

तपाईको प्रतिक्रिया