चितवन । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु माडी नगर कमिटिको अध्यक्षमा राकेश चौधरी चयन हुनुभएको छ ।
आईतबार सम्पन्न समितिको भेलाबाट चौधरीको अध्यक्षतामा ३१ सदस्यीय नगर कार्यसमिति गठन भएको हो । कमिटिको उपाध्यक्षमा श्रीराम वाग्ले, सचिबमा सुधा विष्ट, सहसचिवमा सुमित चौधरी र कोषाध्यक्षमा कैलाश कोइराला चयन हुनुभएको छ ।
त्यसैगरी भेलाले अखिल फोर्स फाँटमा लोकेश खड्का, महिला फाँटमा पुष्पा लामिछाने, अतिरिक्त विभागमा अनुज भण्डारी र साँस्कृतिक विभागमा रिता नेपालीलाई संयोजक तोकेको छ ।
नगर कमिटिका तत्कालीन अध्यक्ष सञ्जय ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिमा संगठनका जिल्ला सहसंयोजक हरी आचार्य तथा विशिष्ट अतिथिहरुमा एमाले माडी नगर अध्यक्ष नारायण अधिकारी, युवा संघ माडी अध्यक्ष मुन्ना मिया र युवा नेता विमल केसी लगायतको उपस्थिति रहेको थियो ।